
काभ्रे, असोज २२ । लामो ‘लकडाउन’पछि सञ्चालनमा आएका काभ्रेका विद्यालयहरु पुनः बन्द भएका छन् ।
कोरोना संक्रमणको जोखिम कम भएको भन्दै खुलेका अधिकांश विद्यालय फेरि बन्द गरिएको हो ।
काभ्रेमा दैनिक ५० जनाभन्दा बढीमा संक्रमण देखिन थालेपछि सञ्चालन भएका विद्यालय बन्द भएका हुन् ।
धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि प्रत्यक्ष विधिबाट सञ्चालन भइरहेका विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
नगरपालिकाको निर्णयलाई बेवास्ता गरी प्रत्यक्ष विधिबाट कक्षा सञ्चालन गरे त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको हुने धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिकाले जोखिम बढेको भन्दै विद्यालयसहित नगरपालिका कार्यालय, वडा कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ-संस्थाबाट हुने कामहरु बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस्