२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उपप्राध्यापकमाथि आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण


0
Shares

काठमाडौं, असोज २२ । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न प्राध्यापक संगठनले बिहीबार उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन् ।

दोषीलाई कानुनको कठघरामा यथाशीघ्र ल्याउन, घाइतेलाई उपचार खर्च दिन र विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न माग गर्दै उपकुलपति कार्यालयअगाडि केहीबेर विरोध कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्रा. डा. रमेशप्रसाद भट्टराई र नेपाल प्रगतिशील प्राध्यापक संगठनका कल्याणी मिश्रले सो ध्यानाकर्षण गराउनुभएको हो ।

कार्यक्रममा ऐक्यबद्धता जनाउन पुग्नुभएका नरेन्द्र शिवाकोटीले उक्त मागमा उपकुलपति बाँस्कोटा गम्भीर देखिनुभएको र आजै कार्यकारीको बैठक राखेर उपचार खर्चको निर्णय गराइने अवगत गराउनुभएको बताउनुभयो ।

गत मंगलबार त्रिवि परिसर कीर्तिपुरमै चलाउनेमाथि आक्रमण भएको थियो । प्राध्यापकले दोषी जो भएपनि कारबाही हुनुपर्ने र प्राज्ञिक मर्यादालाई कायम गर्नुपर्ने माग राखी धर्ना दिएका हुन् ।

घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।