
विष्णु रिमाल । फाइल तस्वीर ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको सङ्क्रमण मुक्त हुनुभएको छ ।
बिहीबार उहाँको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
उहाँलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो । उहाँसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारीलाई सङ्क्रमण भएको थियो । उहाँहरु अहिले आइसोलेसनमा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्