२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


पुल निर्माणसँगै कमलाखोच क्षेत्रको जनजीवन सहज


0
Shares

सिन्धुली । सिन्धुलीको कमला नदीमा पुल निर्माण भएसँगै कमलाखोच क्षेत्रको जनजीवन सहज बनेको छ ।

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग पूर्वी खण्डको कमला नदीमा पुल निर्माण भएपछि यस क्षेत्रका बासिन्दाको जनजीवनमा परिवर्तन आएको छ ।

विगतका समयमा सडक पुलको अभावमा कष्टकर जनजीवन रहने कमलाखोच क्षेत्रमा कमलानदीमा दर्जनौं सडकपुलहरु निर्माण भएपछि त्यस क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण आएको हो ।

सिन्धुलीको कमलाखोच क्षेत्रमा पुलको अभावमा वर्षायाममा कमला नदी आवतजावत गर्न समस्या थियो ।

तर पछिल्लो समयमा दुधौली नगरपालिका क्षेत्रमा कमला नदीमा ५ वटा साना खोला र खोल्सीहरुमा एक दर्जनभन्दा बढी पुल निर्माण भएपछि स्थानीयलाई सुविधा पुगेको छ ।