
काठमाडौं । सरकारले भरत पौडेललाई परराष्ट्र मन्त्रालयका सचिव नियुक्त गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त सचिव पौडेलले आज जिम्मेवारी सम्हाल्नुभएको छ ।
यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।
बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको रुपमा काम गर्नुभएको थियो । स्याङ्जाका ५४ वर्षीय पौडेल पाकिस्तानका लागि राजदूतसमेत हुनुुभएको थियो ।
निमित्त सचिव हुनुअघि उहाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुनुहन्थ्यो । यस्तै बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेललाई नियुक्त गरेको छ ।
यसअघि निगम सञ्चालक समिति सदस्य रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरिएको हो ।
बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव पनि नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले सानुराजा शाक्यलाई सदस्य सचिव नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्