
चितवन, असोज २३ । चितवनको मेघौलीमा करिब सात महिनादेखि बन्द थारु सामुदायिक होमस्टे पुनः सञ्चालनमा आएको छ ।
कोरोनाभाइरसको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षा मापदन्ड पालना गरेर होमस्टे सञ्चालन गरिएको बताइएको छ ।
होमस्टेमा आएका पाहुनाहरुमा कुनै लक्षण नदेखिएमात्रै राख्ने गरिएको छ भने मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।
होमस्टे सञ्चालक देवी चौधरीकाअनुसार अहिले चितवन र यस आसपासका पाहुनालाईमात्रै राख्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्