
डीबी विष्ट
बझाङ, साउन २ । जंगलमा पाईने च्याउ खाँदा एकै परिवारका तीन दाजुभाई सहित चार जना बिरामी भएका छन् ।
तल्कोट गाउँपालिका–१ सुनिकोट घर भएका एकै परिवारका तीन दाजुभाई १४ वर्षीय सुरेश धामी, १२ वर्षीय राजेश धामी र १० वर्षीय सन्दी धामी बिरामी भएका हुन् ।
यस्तै जंगलमा पाइने च्याउ खाएर छविसपाथीभेरा गाउँपालिका–५ बस्ने १७ वर्षीया रमिता नेपालीको अवस्था चिन्ताजनक रहेको स्थानीयले बताएका छन् ।
मंगलबार च्याउ खाँदा बेहोस भएका चारै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।
मंगलबार बेलुका च्याउ खाएपछि बेहोस भएका तीन दाजुभाईलाई राति नै उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
अरुको अवस्था सामान्य भए पनि सरोज धामी भने अझै अचेत छन् । अरु बोल्न नसक्ने भए पनि बेहोस अवस्थामा भने छैनन् । सबैको उपचार भइरहेको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्