२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


यी हुन शनिबार खानै नहुने र गर्नै नहुने काम


0
Shares

काठमाडौं । हिन्दु धर्मग्रन्थ अनुसार शनिवारको दिन शनिदेवको विशेष दिन हो । यस दिन शनिदेवलाई न्यायका देवता मानेर पूजा गरिन्छ ।

शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

ज्योतिषीहरुका अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी ठान्छन् । शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ

-आँपको अचार खानबाट बच्नुहोस् । काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् ।

-शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

-शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

-शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।

-नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

-काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।

-शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।