
तस्विर फाइल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा गोविन्द केसी र सरकारको बीचमा भइरहेको वार्ता सफल पार्नुपर्ने बताउनुभएको छ ।
शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले सरकारलाई यस्तो आग्रह गर्नुभएको हो ।
नेता श्रेष्ठले डा केसीको जीवनरक्षा गर्न र सम्बन्धित सबै सम्वेदनशील बन्न पनि आग्रह गर्नुभएको छ ।
विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ देखि अनशन थालेका डा केसीको अवस्था गम्भीर हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्