
काठमाडौं, असोज २४ । आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँको निधनमा तीन दिन शोक मनाइने भएकाले भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
प्रसाइँको निधनमा पार्टीले केन्द्रीय कायालय र ७७ जिल्लाकै पार्टी कार्यालय बन्द गर्नेदेखि आधा झन्डा झुकाउने कार्यक्रम तय गरेको छ ।
यसअघि, १९ गते बस्ने तय भएको बैठक केन्द्रीय सदस्यलगायत ६० जनाभन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै स्थगित गरिएको थियो ।
पुनः केही दिनअघि १५० जनाभन्दा बढीमा गरिएको कोरोना परीक्षणमा सातजनामा संक्रमण पुष्टि भएको सानेपा स्रोतले जानकारी दिएको छ ।
सचिवालयका कर्मचारीहरुमा कोरोना देखिएपछि पुनः बैठक अनिश्चित बनेको छ ।
पौडेल ‘आइसोलेसन’मा
वरिष्ठ नेता रामचन्द्र पौडेल घरमा काम गर्ने कर्मचारीमा कोरोना देखिएपछि ‘आइसोलेसन’मा हुनुहुन्छ । यसले केन्द्रीय समितिको बैठकको मिति अनिश्चित बनेको छ ।
मुख्यसचिव पौडेलकाअनुसार शीर्ष नेतृत्वबीच छलफलपश्चात् मिति तय गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्