१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निस्दी गाउँपालिका ‘सिल’


0
Shares

corona

रामपुर, असोज २४ । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका ‘सिल’ पनि गरिएको हो ।

गाउँपालिकाले ५० जनाको स्वाब संकलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ प्रयोगशालामा पठाइएको थियो । तीमध्ये १० जनाको रिपोर्ट ‘पोजिटिभ’ आएको हो । कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

यसैगरी, रामपुरमा कोरोना संक्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका सिल गरिने भएको छ ।

रामपुर अस्पतालमा कार्यरत् २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि शनिबार राति १२ बजेदेखि यही असोज ३० गते राति १२ बजेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सवारी-साधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।

यसैगरी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ ।

शुक्रबार अस्पतालमा कार्यरत् २८ जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजिटिभ आएपछि अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियारले बताउनुभयो ।