२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकीमा ३१ संक्रमित थप


0
Shares

गण्डकी, असोज २४ । गण्डकी प्रदेशमा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भइ हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत् ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैंडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत् ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

थपिने संक्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका छ, गोरखाका तीन र तनहुँका एकजना रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।