१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’


0
Shares

काठमाडौं, असोज २४ । डा. गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ ।

डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेको भन्दै प्रदर्शन भएको हो ।

बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहेपनि सफल हुनसकेको छैन ।

वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा रोकिएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण केसीको जीवनमा जुनसुकै घटना भएपनि आफूहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाइ भएको उहाँले बताउनुभयो ।

माइतीघरमा भएको प्रदर्शनमा सहभागीले ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा. केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’लगायतका नारा लगाएका थिए ।