
काठमाडौं, असोज २४ । विभिन्न क्लबको आयोजनामा शनिबार काठमाडौंको इटुमबहालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर-२४ र जागरुक युवा समाज क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
कोरोना महामारीका कारण लामो समय ‘लकडाउन’ हुँदा देशभर रगतको अभाव भएको छ । रगत अभावका कारण बिरामीको उपचारमा समस्या भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्