
धनगढी, असोज २४ । कोरोना महामारीको जोखिमका कारण यस वर्ष दसैंका लागि घर जाने यात्रुहरुको कमीका कारण बसपार्कहरु सुनसान छन् ।
विगतमा दसैं सुरु नहुँदै कैलालीको धनगढी बसपार्कमा चहलपहल सुरु भइसक्थ्यो । तर, यसवर्ष बसपार्क क्षेत्र सुनसान छ ।
यात्रा गर्नेहरु दसैंका लागि भन्दापनि काम विशेषलेमात्रै यात्रा गर्नुपरेको बताउँछन् ।
धनगढी बसपार्क व्यवस्थापनले यात्रुहरुको चाप नभएको भन्दै दसैंलक्षित टिकट बुकिङ पनि नखोल्ने भएको छ ।
अघिल्लो वर्षहरुमा दसैं सुरु हुनुभन्दा करिब एक महिनाअघिदेखि नै टिकट बुकिङ खुला भइसक्थ्यो ।
तर, यस वर्ष यात्रु नै नभएका कारण अग्रिम टिकट बुकिङ खुल्न नसकेको धनगढी बसपार्कका कार्यालय प्रमुख देविलाल जोशी बताउनुहुन्छ ।
अहिले सञ्चालनमा आएका सवारीसाधनले पनि पर्याप्त यात्रु पाउन सकेका छैनन् । दसैंको समयमा यात्रु बढ्ने अपेक्षामा रहेका यातायात व्यवसायीहरु यात्रु नै नहुने स्थिति आएपछि भने निराश देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्