१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुम्मायकमा अस्थायी कोभिड-१९ अस्पताल सञ्चालनमा


0
Shares

पाँचथर, असोज २४ । पाँचथरको कुम्मायक गाउँपालिकामा अस्थायी कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ ।

अस्पतालमा पुरुषको निम्ति तीन बेड र महिलाको निम्ति दुईओटा बेडको व्यवस्था गरिएको छ ।

अस्पताल निर्माणमा १० लाख रुपैयाँ रकम विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिनुभयो ।

प्रदेश नम्बर-१ का सांसद आशारत्न जवेगुले अस्पतालको उद्घाटन गर्नुभएको थियो ।