१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्लाहीका ‘सीडीओ’ संक्रमित


0
Shares

सर्लाही, असोज २४ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका एकजना कर्मचारीमा संक्रमण पाइएपछि सीडीओ पौडेलसहित कार्यालयका ३३ जना कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७१ जनाले बिहीबार थ्रोट स्वाब दिनुभएको थियो ।

पौडेललाई केही दिनदेखि ज्वरो आउनुका साथै संक्रमणसँग मिल्दोजुल्दो लक्षणसमेत देखिएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसँग सम्पर्कमा भएकाहरुलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।