
काठमाडौं, असोज २४ । केन्द्रीय कार्यसमिति गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक आउँदो कात्तिक पहिलो साता बस्ने भएको छ ।
बैठकमा संघीय परिषद्को अध्यक्ष चयन र परिषद् गठन, पार्टीको विधान संशोधन तथा नेतृत्वको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ ।
यस्तै, बैठकमा पार्टी समायोजनका लागि प्रदेश प्रतिनिधि समूह तोक्ने विषयमा पनि छलफल हुने कार्यकारिणी सदस्य नवराज सुवेदीले जानकारी दिनुभयो ।
पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गतेका लागि बैठक बोलाएको सुवेदीले बताउनुभयो ।
जसपामा तत्कालीन राजपा र समाजवादी एक भएर पार्टी निर्माण भएको छ महिना भएपनि केन्द्रीय समिति बन्नसकेको छैन । पार्टीमा एकताको काम सम्पन्न गरेर महाधिवेशनमा जाने विषयमा पनि चर्चा हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्