
काठमाडौं, असोज २४ । कोभिड-१९ का कारण यतिबेला मुलुकका अधिकांश काममा बाधा पुगेको छ ।
संक्रमण संख्याले दिनहु नयाँ उचाइ कायम गरिरहेका बेला उद्योग-व्यवसाय सञ्चालनमा समस्या भएको छ नै अर्कोतर्फ मानिसको आम्दानीको स्रोतसमेत खुम्चिएको छ । जसका कारण अर्थतन्त्रमा समेत नराम्रो असर पर्ने संकेतहरु देखापर्न थालेका छन् ।
विषेशगरी नेपालको अर्थतन्त्र विप्रेषण, पर्यटनमा आधारित रहेकाले कोरोनापछि पनि अर्थतन्त्रमा तत्काल ‘रिकभर’को सम्भावना नरहेको विज्ञहरुले तर्क गर्दै आएका छन् ।
कोरोनाको प्रभावको दुई वर्षपछि कम हुने विश्व बैंकले प्रक्षेपण गरेपनि सो यति छिट्टै रिकभर भइहाल्ने अवस्था भने नरहेको अर्थविद्ले बताएका छन् ।
उता, निर्माणाधीन ठूला आयोजनाको काम यतिबेला विशेषरुपमा प्रभावित बनेका छन् । आयोजनामा काम गर्ने प्राविधिक र अन्य केही कामदार पनि विदेशी छन् ।
कोभिड-१९ को संक्रमण बढ्दै गएपछि कतिपय आफ्ना मुलुक गएका कामदार फर्कन पाएका छैनन् भने कतिपय कार्यस्थलमा नै संक्रमण देखिएपछि ‘आइसोलेट’ भएर बस्नुपर्ने अवस्था छ । जसका कारण काम अत्यन्तै सुस्तगतिमा अगाडि बढी रहेको आयोजना प्रमुखहरुले बताउँदै आएका छन् ।
यसैपनि समयमा काम नसक्ने नेपाली प्रवृत्ति त्यसमा पनि यस्ता प्रकृतिका समस्या आइपर्दा समय तथा लागतमा दुवै वृद्धि हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्