१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पर्यटनमन्त्री भट्टराई कोरोना संक्रमित


0
Shares

काठमाडौं, असोज २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू संक्रमित भएको जानकारी दिनुभएको हो ।

गत सोमबार गरेको ‘पीसीआर’ परीक्षणमा ‘नेगेटिभ रिपोर्ट’ आएपनि शुक्रबार राति हल्का ज्वरो आएपछि शनिबार बिहान गरिएको परीक्षणमा उहाँको रिपोर्ट ‘पोजिटिभ’ आएको मन्त्री भट्टराईका स्वकीयसचिव प्रेम गुरागाईंले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । उहाँले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री भट्टराईले आफ्नो कारणले कोही-कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताउनुभयो ।

गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ…

Posted by Yogesh Bhattarai on Saturday, October 10, 2020