१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यूईएफए नेसन्स लिगः स्पेनले स्वीट्जरल्याण्डलाई हरायो


0
Shares

काठमाडौं । यूईएफए नेसन्स लिगको तेस्रो चरणको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई हराएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो । खेलको १४औँ मिनेटमा मिकेल ओयरजावालले गरेको गोल नै निर्णायक बन्यो ।

गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा मिकेल मोरेनोले बल भेट्टाउदै दिएको पासमा ओयरजावालले गोल गर्न सफल भएका थिए ।

जितसँगै लिग ‘ए’ को ४ मा रहेको स्पेन ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एजेन्सी