
काठमाडौं । मेक्सिकोमा चार फिट अग्लो मुसा भेटिएको छ । सडक किनारको नाली सफा गर्नेक्रममा मुसा भेटिएपछि स्थानीयमा भागदौड समेत मच्चिएको छ ।
हालैको भारी वर्षापछि मेकिसको सिटीको एक नालीमा सफा गर्ने क्रममा कामदारहरुले नालामा डुबेको अवस्थामा मुसा देखेका थिए ।
पहिलो पटक मुसा देख्दा डराएका कामदमरहरुले नजिकै गएर त्यसलाई बाहिर निकाल्ने प्रयास गरे ।
तर मुसो वास्तवमा नक्कली भएको र हेलोवीन प्रोपमा प्रयोग गरिएको थियो ।
इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले उक्त मुसो आफ्नो भएको दावी गरेकी छन् ।
धेरै बर्षअघि आएको आँधीबेहरीमा हराएको .र खोजी गर्दा नभेटाएको उनको दाबी थियो ।
न्युयोर्क पोष्टका अनुसार पहिलो पटक नालामा फेला परेको मुसा वास्तविक भन्दै मानिसहरु भागाभाग भएका थिए ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्