
अर्घाखाँची । लुम्बिनी प्रदेशमा अब रासायनिक मल उत्पादन गर्ने लुम्बिनी प्रदेशकी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल बताउनुभएको छ ।
यसका लागि प्रदेश सरकार निजी उद्योगसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिनुभयो ।
प्रत्येक वर्ष मलको अभाव हुँदा कृषकले उत्पादनमा कमी आएको गुनासो राखेकाले प्रदेश सरकाले यो कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।
यस्तै उहाँले लुम्बिनी प्रदेशका सबै पालिकामा कोसेली घर सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुभएको छ ।
किसानलाई बजार सहज होस भनेर स्थानीय तहमा सहकारी बजार सञ्चालन गर्न प्रदेश सरकार लागि परेको मन्त्री पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्