२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने


0
Shares

काठमाडौं । नेपाली सेनाले यस वर्ष कर्मचारीलाई दशैं बिदा दिने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म बिदा जान नपाएका सैनिकहरुलाई दशैं मनाउन बिदा दिन लागेको हो ।

दसैंमा घर जानेहरुलाई सकेसम्म सेनाले आफ्नै बस र हवाईजहाजमार्फत पुर्‍याउने तयारी गरिरहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

बिदाबाट फर्केपछि क्‍वारेन्टिन बसाउने र सबै स्वास्थ्य मापदण्ड अपनाएर काममा फर्काउने उहाँले जानकारी दिनुभयो ।

सेनाले दसैंलाई विशेष महत्वका साथ मनाउँदै आएको भएपछि कोरोना महामारीका कारण यस वर्ष भने विगतको भन्दा फरक हुने पौडेलले जानकारी दिनुभयो ।

यसपालिको फूलपातीमा गत वर्षभन्दा कम व्यक्तिलाई आमन्त्रण गरिने र मौलो पूजामा पशुबली दिइँदै आए पनि विगतभन्दा कम हुने बताउनुभयो ।