१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यकः मुख्यमन्त्री पौडेल


0
Shares

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौंडामा सम्बोधन गर्दै उहाँले संघीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको हो ।

उहाँले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय निकायलले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गर्नुभयो ।