
धनकुटा, असोज २६ । वर्षापछि आएको सुक्खा पहिरोका कारण निर्माणाधीन कोसी करिडोर २२० केभी प्रसारणलाइनको टावर भत्किएको छ ।
धनकुटा नगरपालिका–९ स्थित रोइलागाउँमा रहेको टावर भत्किँदा करिब एक करोड बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।
धेरै तलदेखि जमिन चिरिएर टावर आसपासको जमिनसमेत भासिएको छ भने त्यस वरपरको बस्ती पनि जोखिममा परेको छ ।
प्रतिक्रिया दिनुहोस्