१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा एकै प्रहरीचौकीका इन्चार्जसहित १० प्रहरीमाथि कारबाहीको तयारी


0
Shares

कैलाली, असोज २६ । धनगढीको सीमा प्रहरीचौकी बहुलियाका सईसहितका १० प्रहरीमाथि विभागीय कारबाही गरिने भएको छ ।

पेसागत आचरणअनुसार काम नगरेको आरोपमा प्रहरीचौकी बहुलियाका इन्चार्ज, प्रहरी नायब निरीक्षक गोपाल कार्कीसहितका १० जना प्रहरीमाथि कारबाही हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले काम-कारबाही सन्तोषजनक नदेखिएपछि उक्त चौकीमा कार्यरत् सबै प्रहरीलाई जिल्ला तानेर छानबिन भइरहेको जानकारी दिनुभयो ।

जिल्ला तानिनेमा कार्यालय सहयोगीदेखि इन्चार्जसम्मका प्रहरी कर्मचारी रहेका निमित्त प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

चौकीमा थुनुवामाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई जिल्ला तानिएको स्रोतले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जिल्ला झिकाइएका प्रहरीमाथि छानबिन भइरहेकाले दोषी देखिए कारबाही गरिने बतानुभयो ।

यसअघि पनि सोही प्रहरीचौकीमा गएको साउन २८ गते हिरासतमा लिइएका फूलबारीका अमरबहादुर चन्दको मृत्यु प्रकरणमा छानबिनका लागि तत्कालीन इन्चार्ज जंगबहादुर सिंहसहितका तीनजना प्रहरीलाई जिल्ला तानिएको थियो ।

गएको साउन २७ मा मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीचौकी बहुलियाले नियन्त्रणमा लिएका चन्द घाँटी रेटेको अवस्थामा शौचालयमा मृत भेटिएका थिए ।

तत्कालीन सयममा प्रहरीले चन्दले आत्महत्या गरेको दाबी गरेपनि आफन्तले भने हत्याको आरोप लगाएका थिए ।