
राजेशबाबु श्रेष्ठ ।
काठमाडौं, असोज २६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘चेक बाउन्स’का फरार अभियुक्तलाई आइतबार राति चितवनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा घर भइ हाल काठमाडौंको वसुन्धरा बस्दै आएका राजेशबाबु श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
उनले कपन निवासी दीपा थपलियासँग व्यवसाय गर्न भन्दै ३४ लाख रुपैयाँ सापट लिएर पैसा तिर्न नसकेपछि पैसा नभएको खाताको ३४ लाखको चेक पीडित थपलियालाई दिएर भागेका थिए ।
पीडित थपलियाले श्रेष्ठविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गरेकी थिइन् । श्रेष्ठविरुद्दको मुद्दामा उच्च अदालत पाटनले थपलियाको पक्षमा फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्