
काठमाडौं । गाँजा फाइदाजनक छ या छैन भन्ने विषयमा वैज्ञानिकहरूबीच नै विवाद छ ।
यस सन्दर्भमा भएका करिब पाँच दर्जनभन्दा बढी अनुसन्धान अध्ययन गर्दा ६ सय ८५ तथ्यले गाँजाको फाइदाको पक्षमा वकालत गरेका छन् । २ सय ३५ तथ्यले तटस्थ र ८५ तथ्य बेफाइदामा देखिएका छन् ।
गाँजालाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा स्वास्थ्यको क्षेत्रमा फाइदा पुर्याउने देखिन्छ । साथै यसमा केही बेफाइदा पनि जोडिएका छन् ।
गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टिएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
गाँजा ‘म्यारुवाना’ का रूपमा विश्वबजारमा प्रख्यात छ । यसमा १ सयभन्दा बढी रसायन तत्त्व पाइन्छन् ।
धूमपानजस्तै गाँजालाई पनि सल्काएर प्रयोग गरिने प्रचलन बढ्दै गएकाले यसले फोक्सोमा भएका एलभियोलाई खुम्च्याउने, श्वास–प्रश्वासमा समस्या पुर्याउने, मुटुको धड्कन बढाउने, आँखा रातो र ठूलो हुने र रक्तचाप कम हुने गर्छ ।
यसैगरी यसको अधिक सेवनले मानसिक रोग, डिप्रेसनको सिकार हुने जस्ता बेफाइदा पनि देखिन्छ ।
आयुर्वेदमा गाँजालाई उप–विषको हिसाबमा लिइन्छ । जुनसुकै उपविषलाई शुद्धीकरण गरेर मात्र प्रयोग गरिन्छ ।
-डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाइ’ हुन्छन् । त्यसपछि उनीहरूको ‘मुड फ्रेस’ हुन्छ ।
-कम समयलाई पनि लामो महसुस गराउँछ ।
-गाँजाले खानेकुरामा रुचि बढाउँछ । एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा रहेको छ ।
-आँखाको प्रेसर पनि कम हुन्छ ।
– जोर्नीको पीडा र दिसासम्बन्धी समस्यामा फाइदा पुर्याउँछ ।
-पाचनप्रणाली राम्रो हुन्छ । छारेरोगीलाई पनि फाइदा पुर्याउँछ ।
-क्यान्सरमा किमोथेरापीपछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रहिआएको छ ।
-गाँजा खाएर झैझगडा गर्ने कम हुन्छन्, सिर्जना पनि प्रस्फुटन हुन्छ ।
-लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।
-यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ ।
प्रतिक्रिया दिनुहोस्