
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल टी–ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।
आइपीएलको जारी १३औं संस्करणमा गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।
बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६१६ रन बनाए ।
कोलकत्ताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए ।
यस्तै क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहँदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।
बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताको यो तेस्रो हार हो । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौथो स्थानमा रहेको छ ।
यसैबीच आज राति हुने खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिङ्सबीच प्रतिष्पर्धा हुने छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्