१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय


0
Shares

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो ।

यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

सो बैठकले एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ ।

दशैंमा यात्रुहरुको चाप हुने भएकोले सवारी साधनमा सामाजिक सुरक्षाको मापदण्ड अप्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यसअघि अन्तरिक हवाई उडानमा पनि प्रावधान लागू गरिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आइरहेका छन् ।