
सुन्दर कुमार थकाली
मुस्ताङ, साउन २ । मुस्ताङ जिल्लामा कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत प्रविधिबाट खेती गर्दा जनशक्तिको अभाव, समयको नोक्सान र बढी श्रम आवश्यक पर्ने भएकोले आधुनिक प्रविधिमा मुस्ताङवासी आकर्षित बनेका हुन् ।
गाउँपालिकाले यान्त्रिक औजार प्रयोग गर्नका लागि सहुलियत दिएपछि मुस्ताङवासीलाई कृषिमा नयाँ प्रविधिको प्रयोग गर्न थप टेवा पुगेको छ ।
कुल ३६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये २८ सय हेक्टरमा खाद्यान्न र तरकारी खेती गरिएको छ भने १२ सय हेक्टरमा स्याउ खेती गरिएको छ ।
पछिल्लो समय बाँझो जमिनलाई पनि उपयोग गरी स्याउ खेती गर्न लागिएको छ । स्याउ खेतीका लागि अनुकूल मानिएको जुम्लाले स्याउको ठूलो मागलाई धानिरहेको छ ।
खेत जोत्न गोरुको विकल्पमा आधुनिक कृषि औजारको प्रयोग हुन थालेपछि धेरैलाई सहज भइरहेको छ । परम्परागत प्रविधिअनुसार खेती गर्दा जनशक्ति पनि बढी आवश्यक पर्ने र काममा समेत ढिलाई हुने हुँदा किसानहरु छिटोछरितो र सहज रुपमै खेतीपाती गर्नेतर्फ लागेका हुन् ।
विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्