१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वभर ४० लाख बढी विक्री भयो टीभीएस अपाचे मोटरसाइकल, पल्सरलाई टक्कर


0
Shares

काठमाडौं । टीभीएस अपाचे भारत र विश्वका विभिन्न देशमा सबैभन्दा सफल र रुचाइएको मोटरसाइकल बन्न सफल भएको छ ।

विश्वभर टीभीएस अपाचे सिरिजका बाइक ४० लाख भन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार भारतमा सो बाइक फास्टेस्ट ग्रोइङ प्रिमियम मोटरसाइकल ब्रान्ड हो ।

टीभीएसको अपाचे सिरिजमा हालसम्म आरटीआर १६०, अपाचे आरटीआर १६० ४भी, अपाचे आरटीआर १८०, टीभीएस अपाचे आरटीआर २०० ४भी र आरआर ३१० मोडल लन्च गरिसकेको छ ।

दुई दशक यता बजाज पल्सर सबैभन्दा लोकप्रिय बनेको छ र यदि पल्सरलाई टक्कर दिने अर्को कुनै बाइक छ ।

सबैभन्दा पहिले सन् २००५ मा बजारमा उपलब्ध गराइएको अपाचे सिरिजमा धेरै सेगमेन्ट फर्स्ट फिचर उपलब्ध छन् ।

४० लाख ग्राहक भएकै अवसर पारेर नेपाली बजारमा एबीएस र कनेक्टेड फिचर सहितको टीभीएस अपाचे आरटीआर १६० फोरभी बाइक लन्च गरेको छ ।