१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा दुई र चितवनमा थप एक जना कोराना संक्रमितको मृत्यु


0
Shares

काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

मोरङमा दुई र चितवनमा एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको मंगलबार बिहान कोसी अस्पतालमा मृत्यु भएको हो ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै चितवनको कलेज अफ मेडिकल साइन्सेसमा सर्लाहीको चकरघट्टा गाउँपालिका १ का ३१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

ती पुरुष श्वासप्रश्वासमा समस्या भई असोज २३ गते अस्पताल भर्ना भएका थिए ।

उनको आज बिहान उपचारका क्रमममा मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।