१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ दिनभित्र हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल बनाउन माग


0
Shares

विराटनगर, असोज २७ । प्रदेश नम्बर-१ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १५ दिनभित्र एक हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ ।

मंगलबार विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसले एक हजार शय्याको कोभिड अस्पताल १५ दिनभित्र निर्माण गर्न माग गरेको हो ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले ‘लकडाउन’को अवधिमा प्रदेश सरकारले कोभिड अस्पताल निर्माणको अवसर चुकाएको बताउनुभयो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्रीले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शय्याको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरेपनि अझैसम्म अस्पताल नबनेको बताउनुभयो ।