७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गोरखामा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु


0
Shares

गोरखा, साउन २ । गोरखाको शहीद लखन गाउँपालिका वडा नं ६ अँधेरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान आएको पहिरोले नवराज कुँवरको घर पुरिँदा नवराजकी ११ वर्षीया भतिजी प्रविना कुँवर, २१ वर्षीय भान्जी सरु र उनका ८ महिनाको छोरा युनिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ ।