
प्रतीकात्मक ।
काठमाडौं । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।
श्रीमतीले आशिषमाथी जबरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्रहरी वृत सातदोबाटोले यही असोज ९ गते पक्राउ गरेको थियो ।
ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्