
काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै करिब सात महिनादेखि बन्द रहेका सबै देवी–देवताका शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् ।
काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशेदेवीलगायत शक्तिपिठ कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् ।
दसैंका बेला विशेष पूजाआजा हुने भएकाले सरकारले यी शक्तिपिठहरु खोल्ने निर्णय गरेको हो ।
विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि शक्तिपीठहरु खुला गरिनुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।
तर सरकारले यसबारे अहिलेसम्म औपचारिक निर्णय भने गरेको छैन । कोरोना संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजा रोक्ने निर्णय गरेको थियो ।
यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजाबाहेक सबै गतिविधि बन्द गरिएका छन् ।
अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन ।
तर अधिकांश मन्दिरहरु कात्तिक १ देखि सीमित रुपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्