
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ ।
पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनुभएकी शिवाको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा आज बिहान निधन भएको हो ।
तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएकी शिवाको उपचारकै क्रममा निधन भएको नेकपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्