
काठमाडौं । सुनचाँदीको मूल्य आज घटेको छ ।
सुनको मूल्य तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ ।
हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको मूल्य घटबढ भइरहेको महासंघ अन्तरर्गतको मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्