
कैलाली, असोज २८ । खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा बुधबार धनगढीमा तीनजना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर-८ को नवदुर्गा मन्दिरनजिकै स्थानीय हरिलाल विष्टको घरमा सिलिन्डर पड्किँदा तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा ७० वर्षीय विष्टसहित ६५ वर्षीया विमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी टोलीले उनीहरुको उद्धार गरी माया मेट्रो अस्पताल पुर्याएको छ । घाइतेमध्ये विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ग्यास लिक भएको अवस्थामा ग्यास बाल्न खोज्दा पड्किएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्