१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुर्जोले शरीरमा के गर्छ ? कसरी खाने ? कति खाने ? यसो भन्छन् चिकित्सक


0
Shares

काठमाडौं, असोज २८ । कोरोना संक्रमणविरुद्धको खोपका लागि अहिले विश्वभर वैज्ञानिकहरु सक्रिय छन् । केही परीक्षणहरु सफलताउन्मुख पनि छन् ।

संक्रमणसँग जुध्न रोगप्रतिरोधात्मक क्षमताको विकास महत्वपूर्ण देखिएको छ । रोगप्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडीबुटीप्रति पनि चासो बढिरहेको छ । जसमध्ये गुर्जो पनि एक हो ।

आयुर्वेदविज्ञ डा. ऋषिराम कोइराला रोगप्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउनुहुन्छ ।

रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने ‘एन्टीजिन प्रोसेस’लाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उहाँ बताउनुहुन्छ ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेर खान सकिन्छ ।

डा. कोइरालाकाअनुसार हरियो गुर्जो छ भने सानो एक टुक्रालाई थिचेर पानीमा उमाली छानेर चियाजस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाइ पानीमा घोलेर वा त्यतिकै पनि एकचम्चासम्म खान सकिन्छ ।

कोभिड-१९ संक्रमणसँग लड्नका लागि पनि गुर्जो प्रभावकारी हुने उहाँले बताउनुभयो ।

त्यसैले कोभिड-१९ संक्रमण भएका मानिसहरुलेसमेत दिनमा दुई-तीनपटकसम्म खानसक्ने उहाँको भनाइ छ ।

गुर्जो गर्भवती महिला र गम्भीर प्रकृतिका बिरामीहरुले खान नहुने डा. कोइरालाले बताउनुभयो । त्यसबाहेक सबै उमेरकाले खान हुनेपनि उहाँले बताउनुभयो ।