
अशोक ब्याञ्जु । फाइल तस्वीर ।
काभ्रे, असोज २८ । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँको मंगलबार (हिजो) स्वाब परीक्षण गरिएको थियो ।
नगरप्रमुख ब्याञ्जुले पछिल्लो समय नगरका विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।
उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित रहन अनुरोध गर्नुभएको छ ।
नगरप्रमुख ब्याञ्जुकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्