१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरमा ‘कन्ट्याक ट्रेसिङ’मा परेकाको स्वाब संकलनलाई तीव्रता


0
Shares

काठमाडौं, असोज २८ । काठमाडौं महानगरपालिकाले ‘कन्ट्याक ट्रेसिङ’मा परेकाहरुको स्वाब संकलनलाई तीव्रता दिएको छ ।

महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा कोरोना संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाब संकलन गरिरहेको हो ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाब संकलन गरिरहेका छन ।

एक स्थानमा कम्तीमा २०० जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब संकलन भइरहेको वडा नम्बर-१७ का वडासचिव राजेश श्रेष्ठले बताउनुभयो ।

‘रिपोर्ट पोजिटिभ’ आएकाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उहाँले बताउनुभयो ।

सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिस्टेन्ट तथा स्वाब कलेक्सन टिमका संयोजक ऋषि भुसालले सरकारी प्रोटोकलअनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपयले दोहोर्‍याएर परीक्षण गर्दा लक्षण नदेखिए कतिपटकसम्म परीक्षण गर्ने भन्ने चुनौतीका रुपमा रहेको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकाका तीनओटै जिल्लाहरुमा अहिले संक्रमणको दर देशका अरु क्षेत्रभन्दा बढी छ ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदन्ड पूर्णरुपमा पालना गर्न अनुरोध गरिहेको छ ।

भिडभाड भएको ठाउँमा नगए, भौतिक दूरी कायम गरे, अनिवार्यरुपमा मास्क लगाएमा र बिनाकाम घरबाहिर ननिस्केमा संक्रमणको जोखिमबाट बच्न सकिन्छ ।