१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेती अस्पतालको प्रयोगशालामा आकस्मिकबाहेक कोरोना परीक्षण बन्द


0
Shares

कैलाली, असोज २८ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द गरिएको छ । आकस्मिकबाहेकका नमुना परीक्षण बन्द गरिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका लागि आवश्यक पर्ने ‘पीसीआर किट’ नभएकाले सबै नमुनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका इन्चार्ज रमेश शाहीकाअनुसार प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौंबाट किट बोकेको सवारी हिँडेको छ । उक्त किट सेती अस्पताल पुग्न समय लाग्ने देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र कार्कीकाअनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पीसीआर किट धनगढी आउँदैछ । तर, किटको परिणामकोबारेमा भने मन्त्रालय बेखबर छ ।

प्रदेशमा किट अभावको सूचना पहिले नै सेती प्रादेशिक अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयलाई थियो ।

स्रोतकाअनुसार अहिले सेती अस्पतालको प्रयोगशालामा मात्र दुई हजार ५०० बढी नमुना थन्किएका छन् ।