३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


आईपीएलः दिल्ली शीर्ष स्थानमा, राजस्थान १३ रनले पराजित


0
Shares

काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । दिल्लीको यो छैटौं जित हो ।

पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थानको भने यो पाँचौ हार हो । राजस्थानले ८ खेलमा ६ अंक जोडेको छ ।

यसैबीच आज साँझ हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स एलेभेन पन्जाबबीच प्रतिष्र्धिा हुँदैछ ।