१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


विचार नपुर्‍याए मासु खाँदा रोग लाग्छ, सेकुवा बढी खाए क्यान्सर !


0
Shares

काठमाडौं । मासु खानमा विचार पुर्‍याउन सकिएन् भने यसले विभिन्न रोग समेत निम्त्याउछ ।

मासु प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रणबाट बनेको हुन्छ । त्यसैले स्वास्थ्यको दृष्टिले यसलाई पोषिलो खानेकुरा मानिन्छ । पोषिलो छ भन्दैमा सबैका लागि मासु राम्रो भने मानिदैन् ।

मोटो शरीर, रगतमा बढी कोलेस्ट्रोल तथा उच्चरक्तचाप भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुने सल्लाह चिकित्सकहरुको छ ।

उच्चरक्तचाप भएका व्यक्तिले बढी मासु खाएमा यसले भविश्यमा मुटुरोग हुने संभावना बढी हुने चिकित्सकहरु बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. करविरनाथ योगीका अनुसार मधुमेहका रोगीका लागि पनि मासु होइन् ।

धेरै वोसोयुक्त मासु स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन् । काचो मासुले विभिन्न किसिमका जुका तथा रोगका जिवाणु सार्ने संभावना हुन्छ ।

त्यसैले काचो मासु खानु भन्दा राम्ररी पकाएको मात्र खानु पर्छ । बढी मासु मात्र खादा कब्जियत हुने संभावना बढी हुने भएकाले मासुसंगै फलफुल, सलाद र अन्य खानेकरा पनि खानु स्वास्थ्यका दृष्टिले राम्रो हुने चिकित्सकहरुको सल्लाह छ ।

पशुपंछीको मासु खानु हुने वा नहुने भनी बध गर्नुभन्दा अगाडि र पछाडि राम्ररी निगरानी गर्नुपर्छ ।

गर्भवती, मरेको, वुसेलोसिस वा अन्य संक्रमण रोगहरु लगेका पशुपंछीको मासु खानु हुँदैन् ।

त्यसैले मासु खाँदा सँधै स्वास्थ्यका बिषयमा सचेत रहनुपर्छ । पोलेको मासु क्यान्सरका रोगीका लागि राम्रो मानिदैन । सेकुवा बढी खानेलाई क्यान्सर हुने संभावना बढी हुन्छ ।-हेल्थ टुडे नेपाल