
काठमाडौं । २० बर्षअघि लन्च भएको मारुती सुजुकी अल्टो कारले ४० लाख भन्दा बढी युनिट बिक्री गरेर रेकर्ड बनाएको छ ।
सन् २००० अक्टोबर १३ का दिन लन्च भएको थियो । बीस वर्षको अन्तरालमा कम्पनीले ४० लाख भन्दा बढी कार बिक्री गर्न सफल भएको छ ।
अल्टो पहिलो पटक सन् २००० मा लन्च गरिएको थियो र सन् २००४ मा यो भारतको सबैभन्दा धेरै बिक्री हुने (बेस्ट सेलिङ) कार बन्न सफल भएको थियो ।
भारतीय बजारमा अल्टो कार निकै लोकप्रिय मानिन्छ । आर्थिक वर्ष २०१९÷२० मा पहिलो कारको रुपमा अल्टोलाई प्रयोग गर्ने ग्राहक ७६ प्रतिशत थिए ।
हाल यसको आँकडा बढेर ८४ प्रतिशत पुगेको छ । मारुतीले २००८ मा १० लाख अल्टो बिक्री गरेको थियो ।
सन् २०१२ सम्म सो कार २० लाख युनिट बिक्री भएको थियो । सो कारले २०१६ मा ३० लाख युनिट बिक्री गरेको आँकडा पार गरेको थियो ।
हालै यो वर्षको अगस्तमा अल्टोले ४० लाख बिक्री भएको माइलस्टोन पार गरेको हो । सिटी कारको रुपमा परिचित अल्टोले हाल प्रत्येक वर्ष धेरै बिक्री हुने कारको पहिचान कायम गरेको छ ।
कम्पनीले अल्टो कार हाल ४० भन्दा बढी देशमा निर्यात गर्छ । यसमा ल्याटिन अमेरिका, अफ्रिका र दक्षिण एशिया जस्ता देश समावेश रहेको छ ।
प्रतिक्रिया दिनुहोस्