१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की सिफारिस


0
Shares

काठमाडौं । विशेष अदालतको अध्यक्षमा न्यायाधीश प्रेमराज कार्की सिफारिस हुनभएको छ ।

न्यायपरिषदले उच्च अदालत दिपायलमा कार्यरत कार्कीसहित विशेष अदालतमा अध्यक्षसहित अरू दुई सदस्य सिफारिस गरिएको हो ।

त्यस्तै, विशेष अदालतको सदस्यमा न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डे सिफारिस हुनुभएको हो ।

मुसलमान उच्च अदालत जुम्लामा कार्यरत हुनुहुन्छ भने पाण्डे उच्च अदालत सुर्खेतमा कार्यरत हुनुुहुन्छ ।

त्यस्तै विशेष अदालतका अहिलेका अध्यक्ष शिवराज अधिकारी उच्च अदालत बुटवलको तुलसीपुर इजलासमा सरुवा हुनुभएको छ ।

विशेष अदालतका न्यायाधीश कृष्ण गिरी र चन्द्रबहादुर सारूलाई उच्च अदालत जनकपुर सरुवा गरिएको छ ।