
कमल थापा । फाइल तस्वीर ।
काठमाडौं, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना ‘पोजिटिभ’ पुष्टि भएको छ ।
सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९ को ‘पीसीआर’ परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराउनुभएको छ ।
कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजिटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभएको छ ।
उहाँ अहिले बूढानीलकण्ठस्थित निवासमै ‘आइसोलेसन’मा रहनुभएको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिनुभयो ।
केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्